Logo

पत्रकार सम्मेलनमा वीरगंज उद्योग वाणिज्य संघका पदाधिकारी

वीरगंज, भदौ २४ । भारतीय सरकारले नेपाल तर्फ हुने धान, चामल निर्यातमा भंसार महशुल वढाएको र कनिकामा पूर्ण प्रतिवन्ध लगाएको विषयमा वीरगंज उद्योग वाणिज्य संघले सरकारको ध्यानाकर्षण गराएको छ ।
वीरगंज उद्योग वाणिज्य संघले शुक्रवार वीरगंजमा पत्रकार सम्लेन गरि भारत सरकारले धान र चामल निर्यातमा २० प्रतिशत कर र कनिका निर्यातमा पूर्ण प्रतिवन्ध लगाएपछि नेपालमा खाद्यान्न समस्य देखापर्ने भन्दै तत्काल यसमा पहल गर्न नेपाल सरकारसँग जोडदार माग गरेको छ ।
संघका अध्यक्ष सुवोध गुप्ताले नेपाल र भारतका जनता विचको रोटी वेटीको सम्वन्धमा समते दरार पैदा गर्नेगरी लगाएका कर र प्रतिवन्ध हटाउन भारतीय सरकारसँग समेत आग्रह गर्नुभयो । एउटै सास्कृतिक सम्वन्ध भएका नेपाल र भारतका जनता विच जनस्तरमा मैत्रीपूर्ण सम्वन्ध रहेको स्मरण गर्दै संघका अध्यक्ष गुप्ताले भन्नु भयो ‘यो प्रतिवन्ध हटेन भने सीमाक्षेत्रमा चोरी तश्करी बढने र यसले थप समस्या ल्याउने तर्फ सम्वन्धीत निकायको ध्यान जाओस ।’
नेपाल अहिले पनि धान, चालममा आत्मर्निभर हुन नसकेको भन्दै अध्यक्ष गुप्ताले धान, चाम र कनिकाको अभावले नेपालमा संचालनमा रहेका चामल उद्योग, विस्कुट, दाना र मदिराजन्य उद्योगहरु अप्ठारोमा पर्ने वताउनु भयो । धानको भुसबाट चल्ने वोइलर समेत वन्द हुदाँ त्यसको असर धेरै उद्योगहरुमा देखा पर्छ गुप्ताले भन्नु भयो ।


सम्बन्धित समाचार