Logo

१७ जेठ, वीरगञ्ज । नेपाल सरकारको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले वीरगञ्जकी उद्यमी महिलालाई सम्मानित गरेको छ । वीरगञ्ज वडा नं। १२ मा करसिभ क्रिएसन सिलाई तथा टेलर्स व्यवसाय सञ्चालन गर्दै आउनुभएकी ज्योती श्रेष्ठलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तगत कदरपत्रले सम्मानित गरेको हो ।

विगत ११ वर्षदेखि स्थानिय स्रोत र साधनको प्रयोगबाट व्यवसाय सञ्चालन गर्दै आउनुभएकी उहाँलाई पाचौँ राष्ट्रिय महिला अधिकार दिवस २०८० को अवसरमा कदरपत्र प्रदान गरिएको हो । श्रेष्ठलाई राष्ट्रपति महिला उद्यमी समुन्नती पुरस्कार २०८० बाट सम्मानित गर्दै नगद १ लाख रुपैँया सहित कदरपत्रले सम्मानित गरिएको हो ।


सम्बन्धित समाचार