Logo

फाइल तस्बिर

१९ माघ,वीरगञ्ज । बाराको निजगढ नगरपालिका–४ स्थित चारघरे टोलमा विद्युत् सट हुँदा एक घरमा आगलागी भएको छ ।

स्थानीय हिरा तिमिल्सिनाको घरको भुई तल्लामा विद्युत् लाइन सर्ट भई आगलागी सुरु भएको थियो । तिमिल्सिनाको काठको घरको मुख्य राखनधरन गरिने कोठामा रकेको बिजुली बक्सबाट विद्युत् सर्ट भइ आगलागी भएको हो ।

आगलागीबाट तिमिल्सिनाको घरमा रहेका लत्ताकपडा, सामानहरू जल्दा अन्दाजी एक दुई लाख बराबरको क्षति भएको बताइएको छ । घटनामा मानवीय क्षति भने भएको छैन ।

आगलागी स्थानीयवासी मिलेर राति नै नियन्त्रणमा लिएका छन् ।


सम्बन्धित समाचार