Logo

फाइल तस्बिर

२४ माघ,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले नेपाली नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।

बारा जीतपुर सिमरा उपमहानगरपालिकाको वडा नम्बर –७ बाट एक जनालाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।
प्रहरीलाई आएको विशेष सूचनाको आधारमा ६१ हजार नेपाली नक्कली रुपैयाँसहित एक जनालाई पक्राउ गरिएको प्रहरी स्रोतको दाबी छ । पक्राउ परेको व्यक्तिमाथि

अनुसन्धान भइरहेकोले उनको नाम अहिले सार्वजनिक भने गरिएको छैन् । तर प्रहरी स्रोतका अनुसार पक्राउ पर्ने सर्लाही निवासी हुन् ।
नेपाली नक्कली नोटसहित पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय बारामा राखी थप अनुसन्धान भइरहेको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जनाए ।

 


सम्बन्धित समाचार