Logo

२९ फागुन,वीरगञ्ज । रौतहट प्रहरीले १५ किलोग्राम भन्दा बढी लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी गस्ती टोलीले गाँजासहित एकजनालाई पक्राउ गरेको हो ।

प्रहरीलाई आएको विशेष सूचनाको आधारमा जाँच गर्दा १५ किलोग्राम ४०० ग्राम लागुऔषध गाँजा सहित एकजना युवकलाई पक्राउ गरेको जनाएको छ । चन्द्रपुर नगरपालिका १ नुनथर स्थित बोरा बोकेर सिन्धुलीबाट पौराईतर्फ गईरहेका चन्द्रपुर १ का ३७ वर्षका साने भन्ने सन्त तामाङलाई पक्राउ गरिएको रौतहटका प्रहरी नायब उपरिक्षक डिएसपी एलिजा गिरीले जानकारी दिइन ।

तामाङको साथबाट भिभो कम्पनीको मोबाइल १ थान, नगद ४० हजार बरामद भएको डिएसपी गिरीको भनाइ छ ।

पक्राउ परेकामाथि आवश्यक कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।


सम्बन्धित समाचार