Logo

३० फागुन,वीरगञ्ज । बारा प्रहरीले ७५ लाखभन्दा बढीका भन्सार छलीका सामानसहित सवारी पक्राउ गरेको छ । ७५ लाख ७० हजार १५७ मूल्यका भन्सार छलीका सामानसहित सवारी प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले चलाएको जाँच अभियानमा क्रममा फरकफरक स्थानहरुबाट उक्त मूल्यका सामानहरु लोड रहेको सामानको बिल शंकास्पद देखिएपछि नियन्त्रणमा लिइएको प्रहरी नायब उपरिक्षक प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको टोलीले जितपुरसिमरा उपमहानगरपालिका वडा नं. २१ बाट ना ५ ख ७९४७ नम्बरको मिनी ट्रक बरामद गरेको उनले बताए । वीरगञ्जबाट काठमाण्डौँतर्फ जाँदै गरेको ट्रकमा लोड रहेका

३६ लाख ८७ हजार १७ रुपैँयाका कस्मेटिक सामान, कपडा, औषधी र अन्य किराना सामानको बिल शंका लागेर नियन्त्रणमा लिएको उनको भनाइ छ ।
यस्तै प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीको टोलीले वीरगञ्जबाट रुपन्देहीका लागि छुटेको ना ३ ख ६९५९ नम्बरको ट्रक पक्राउ गरेको जनाएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ पथलैयामा जाँच गर्दा ३८ लाख ८३ हजार १४० मूल्यका कपडा, औषधी, चकलेट र अन्य किराना सामानहरुको बिलको स्रोत नखुलेकोको पक्राउ गरेको प्रहरी बताउँछ ।
नियन्त्रणमा लिइएको सामानसहित ट्रक तथा मिनी ट्रकलाई आवश्यक कारवाहीका लागि राजश्व अनुन्धिान कार्यालय पथलैयामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनायो ।


सम्बन्धित समाचार