Logo

४ चैत, वीरगञ्ज । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक यज्ञ बिनोद पोखरेल पर्साको वीरगञ्ज महानगरपालिका आइपुगेका छन् । विभिन्न काम कारवाहीको अनुगमनका लागि आइतबार वीरगञ्ज आइपुगेका हुन् ।

प्रहरी नायब महानिरिक्षक पोखरेलले जिल्ला प्रहरी कार्यालय पर्साको अनुगमन तथा निरिक्षण गरेका छन् । अनुगमनका क्रममा उनले पर्सा प्रहरीले प्रवाह गर्ने कार्य व्यवस्था तथा शान्ति सुरक्षबारे बिफ्रिङ लिएका थिए ।

यस्तै उनले सेवाग्राहीहरुलाई चुस्त दुरुस्त तरिकाले सेवा दिन प्रहरी कर्मचारीहरुलाई निर्देशनसमेत दिएको पर्सा प्रहरीले जनायो ।

प्रहरी नायब महानिरिक्षक पोखरेलले जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न कुनै कसर बाकी नराख्न निर्देशन दिएको प्रहरी स्रोतले जनाएको छ ।


सम्बन्धित समाचार