Logo

१६ चैत,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले दुई जना भारतीय नाबालकहरूको उद्दार गरेको छ । ईलाका प्रहरी कार्यालय कवही, बाराबाट खटिएको प्रहरीले बिहिबार (हिजो) उनीहरुको उद्दार गरेको हो ।

बाराको सुवर्ण गाँउपालिका वडा नम्बर २ घुसुकपुर टोलबाट बेवारिसे अवस्थामा दुई जना भारतीय बालकको उद्दार गरिएको प्रहरी नायब उपरिक्षक प्रवक्ता दधिराम न्यौपानेले जनाए । प्रहरीले भारत विहार राज्यको मोतिहारी जिल्ला बस्ने ४३ वर्षका सुगन्धी देवी साहको छोरा ५ वर्षका अंकित कुमार साह र सोही ठाउँका २१ वर्षकी काजल देवी साहका छोरा ३ वर्षका बजंरगी कुमार साहको उद्दार गरेको थियो ।

उद्दार गरिएका बालकहरुलाई आज अभिभावकको जिम्मा लगाइएको प्रहरीले बतायो ।


सम्बन्धित समाचार