Logo

१९ चैत,वीरगञ्ज । वीरगञ्जबाट भन्सार छलीका हरियो तरकारी तथा खाद्यान्न बरामद गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीको टोलीले नगवा र छपकैयाँबाट हरियो तरकारी तथा खाद्यान्न बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले ४ लाख उनान्बे हजार मूल्य बराबरको भन्सार छलीको हरियो तरकारी तथा खाद्यान्न बरामद गरेको जनाएको छ ।

प्रहरीको जाँचमा नगवाबाट २ लाख ८१ हजार रुपैयाँ बराबरको खुर्सानी ८८९ किलो, गोलभेडा २३५० किलो, कटहर ३५ सय केजी बरामद भएको पर्सा प्रहरी प्रवक्ता कुमारविक्रम थापाले जनाए ।

उनका अनुसार यसैगरी छपकैयाबाट २३ सय किलो मैदा, १२८ किलो पापड र ६९७ मिटर कपडा बरामद भएको हो ।

छपकैयाँबाट बरामद सामानहरु करिब २ लाख ८ हजार मूल्य बराबरको रहेको पर्सा प्रहरीले जनाएको छ । प्रहरीले बरामद गरेको तरकारी तथा खाद्यान्न आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा बुझाइएको जनाएको छ ।


सम्बन्धित समाचार