Logo

२५चैत,वीरगञ्ज । मधेस विश्वविद्यालयले नेपालको पहिलो विश्वविद्यालय नेपाल राष्ट्रिय विद्यापीठ स्थापनाको स्मरण गरेको छ ।

नेपालको पहिलो विश्वविद्यालयको परिकल्पनाले नै आज मधेस विश्वविद्यालय स्थापना गर्न सफल भएको भन्दै नेपालको पहिलो विश्वविद्यालय नेपाल राष्ट्रिय विद्यापीठ विश्वविद्यालयको स्मरण गरिएको हो ।
मधेस विश्वविद्यालयको सभाकक्षमा आज मधेश प्रदेशका मुख्यमन्त्री तथा विश्वविद्यालयका कुलपति सरोज कुमार यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दिपक शाक्यले वि.सं. २००७ सालमा राणाशासनको अन्त्यपछि वीरगन्जमा उच्च शिक्षाको लागि महाविद्यालयको आवश्यकता महशुस गरेर वीरगन्जमै विश्विद्यालय स्थापनामा अग्रसर भएको पाईएको बताउनुभयो ।

उहाँले वीरगन्जमा विश्वविद्यालय स्थापना गर्ने सोचले यहाँका विभिन्न विद्धतवर्ग, राजनीतिक नेतृत्व, उद्योगी व्यावसायी लगायत सरोकारवालाहरुको पहलमा वीरगन्जको श्रीपुरमा रहेको विद्यापीठमा २००७ साल चैत्र २५ गते आजकै दिन नेपालको पहिलो विश्वविद्यालय नेपाल राष्ट्रिय विद्यापीठ विश्वविद्यालयको परिकल्पना गरिएको थियो ।

त्यहीबेला देखिको निरन्तर पहल र प्रयासले मुलुकको साशकीय स्वरुप परिवर्तनपछि वीरगन्ज विश्वविद्यालय स्थापना गर्न सकिएको बताउनुभयो । कार्यक्रममा बोल्दै मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले विश्वविद्यालयको पूर्वाधार संरचनाका लागि मधेस प्रदेश सरकारले पहल गर्ने आश्वासन दिनुभयो ।

पर्सा क्षेत्र नम्बर १ का प्रतिनिसिभा सदस्य प्रदीप यादवले मधेस विश्वविद्यालय स्थापना ऐतिहासिक मधेस आन्दोलनको उपलब्धि भएको र यसको पूर्वाधार संरचनामा मधेस प्रदेश सरकारको मुख्य जिम्मेवारी रहेको बताउनुभयो ।
पहिले वीरगन्ज विश्वविद्यालय स्थापनाका लागि संकलन गरिएको ६ करोड भन्दा बढी रकम बैंकमा राखेर ब्याज खाईरहेको हुँदा त्यसलाई ठाकुरराम बहुमुखी क्याम्पसको छात्रावास निर्माणमा खर्च गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत गद्दी, शिक्षा तथा सामाजिक विकास मन्त्री एवं मधेस विश्वविद्यालयका सहकुलपति प्रमोद जयसवाल, पूर्वमन्त्री नागेन्द्र चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण विश्वविद्यालयका रजिष्ट्रार विजय यादवले गर्नुभएको थियो ।


सम्बन्धित समाचार