Logo

१६ वैशाख, काठमान्डौं । आज देखि दुईदिने तेस्रो लगानी सम्मेलन सुरु हुँदै छ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नुहुनेछ ।

इमर्जिङ इन्भेष्टमेन्ट समिट २०२४ नाम दिइएको लगानी सम्मेलनका लागि स्वदेश तथा विदेशबाट गरेर १६ सय जना सहभागी हुंदैछन् भने नेपालबाट २ सय प्रतिनिधी सहभागी हुने भएका छन् ।

लगानी बोर्डका अनुसार सम्मेलनका लागि विभिन्न ५५ वटा देशका लगानीकर्ता आउँदैछन् । सम्मेलनमा एक सय ५० आयोजना सोकेसमा राखिँदैछन् ।

पहिलो दिन आज उदघाटन सत्र र भोलि दोस्रो दिन ११ समानान्तर सत्र सञ्चालन हुनेछन् ।

विदेशी तथा स्वदेशी लगानीकर्तालाई सम्मेलनमार्फत नेपाल लगानीका लागि आकर्षक गन्तव्यका रूपमा रहेको सन्देश दिइने लगानी बोर्डले जनाएको छ ।


सम्बन्धित समाचार