Logo

१७ बैशाख, वीरगञ्ज । वीरगञ्जबाट काठमार्डौ तर्फ कपडा लोड गरेर जादै गरेको एउटा मिनि ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले ६० लाख मूल्य बराबरको कपडा लोड गरेको ट्रकलाई सोमबार नियन्त्रणमा लिएको हो ।

सिर्सिया भंसार कार्यालयको गेट बाहिरबाट प्रहरीले ट्रक चेकजाँच गर्दा बिलविजक भन्दा बढी कपडा देखिएकोले थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको पर्साका प्रहरी नायव उपरिक्षक कुमार विक्रम थापाले बताए ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका वडा नं।१७ स्थित आईसिपी गेट अगाडीको सडकखण्डबाट मधेश प्रदेश ०३(००२ ख १०५ नम्बरको मालवाहक मिनी ट्रकमा राजश्व छली चोरी गरी विल विजक भन्दा बढी कपडाहरू लोड गरी वीरगञ्जबाट काठमाण्डौतर्फ लैजादै गरेको छ भन्ने सूचनाका आधारमा मिनि ट्रकलाई नियन्त्रणमा लिइएको हो ।

लोड रहेको मालबस्तुहरु साथमा रहेको प्रज्ञापन पत्र, अनलाईन भिसिटीएस विल भन्दा बढी लोड रहेको आशंकामा प्रहरीले उक्त मिनि ट्रकलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक थापाले बताए । उक्त ट्रकभित्र लोड रहेको कपडाहरू साठी लाख मूल्य बराबरको रहेको प्रहरी नायव उपरिक्षक थापाले बताए ।

कपडा सहितको उक्त गाडी थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार