Logo

२१ वैशाख, वीरगञ्ज । प्रहरीले वीरगन्जबाट १५ लाख ३० हजार बराबरको भन्सार छलिका सामान विहीबार  बरामद गरेको छ ।

प्रहरी सिमा सुरक्षा बल गुल्म वीरगन्जबाट भन्सार वरपर खटेका शसस्त्र प्रहरीले चेकजाँच गर्ने उक्त सामान बरामद गरेको हो ।

नेपालबाट भारत तर्फ गईरहेको मदिरा सहतिको मोटरसाईकल र भारतबाट नेपालतर्फ अबैध रुपमा ल्याईरहेका किराना समान पक्राउ परेको प्रहरीले जनाएको छ ।

नेपालबाट भारत तर्फ गईरहेको बी आर ०५ एई ४५१० नम्बरको मोटरसाईकल आशंका लागेर चेकजाँच गर्दा मदिरा बरामद भएको प्रहरीले जनाएको छ ।

त्यसैगरीभन्सार छलि गरेर नेपाल तर्फ ल्यादै गरेका किराना सामानहरु नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

अवैध रुपमा ल्याइएका खेलौना, लत्ताकपडा, हार्डवयर, कस्मेटिक र मोबाईल पार्टसहरु बरामद भएको छ ।

मदिरा बोक्न प्रयोग गरिएका मोटरसाईकल सहित बरामद गरिएका सामानहरुको १५ लाख ३० हजार २ सय ८० रुपैया कायम गरी आवश्यक अनुसन्धानका लागी वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाइएको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार