१४ मंसिर, वीरगञ्ज । सशस्त्र प्रहरी बल पर्साले वीरगञ्जका विभिन्न ठाउँबाट पक्राउ गरेका २३ लाख बन्दा बढीको भन्सार छलिका अबैध सामान आज वीरगञ्ज भन्सारमा बुझाएको छ ।
प्रहरी सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएका सशस्त्रको टोलीले हिजो वीरगञ्ज १६ भन्सारको मुख्यद्वारबाट २३ लाख ५१ हजार ९ सय ४८ रुपैया बराबरको भन्सार छलिका अबैध सामाग्री पक्राउ गरेको हो ।
अटो र मोटरसाईकलमा लोड गरेर भारतबाट अबैध रुपमा भन्सार छलि नेपाल तर्फ ल्यादै गरेका सामान पक्राउ गरि भन्सार बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । वीरगञ्ज १६ शंकराचार्य गेट अगाडीबा ना २ ह ७७२५ नम्बरको अटो र म. प्र. ०३ ०२८ प ७२८६ नम्बरको मोटरसाईकलमा लोड गरि नेपाल भित्रयाइएका १९ लाख ३१ हजार ९ सय ४८ रुपैया बराबरको अबैध समान बरामद गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक बिष्णु हरी घिमिरे जानकारी दिए । घिमिरेका अनुसार किराना सामान, मोटरपार्टस, कम्प्युटर पार्टस, लत्ताकपडा, कस्मेटिक्स, अबैध औषधी लगायतका सामाग्र पक्राउ गरिएको छ ।
सामान सहित पक्राउ गरिएका अटोको भन्सार मुल्य ३ लाख र मो.सा. को भन्सार मुल्य १ लाख २० हजार मुल्याङ्कन गरि आवश्यक कारवाहिका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी नायब उपरिक्षक घिमिरे जानकारी दिए ।