Logo

२० मंसिर,चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बिहीबार चितवनमा खबरदारी सभा गरेको छ । पार्टी सभापति रवि लामिछानेलाई प्रहरीले चितवनबाट रातारात पोखरा लगेपछि रास्वपाले खबरदारी सभा गरेको हो ।

सहकारी ठगी प्रकरमा मुछिएका लामिछानेलाई बयानका लागि मंगलबार चितवन लगिएको थियो । मंगलबार र बुधाबार दुई दिन उनको बयान भयो । बुधाबार साँझ अबेर उनको बयान सकिएको थियो । बयानपश्चात रविलाई स्थलमार्ग हुँदै राति नै पोखरा लगिएको छ। उनलाई बिहान ३ बजे पोखरा पु¥याइयो ।

कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई बयानका अघिल्लो बिहीबार साँझ काठमाडौं ल्याइएको थियो । काठमाडौंको बयान सकिएपछि उनलाई मंगलबार बिहान हवाईजहाजमार्फत चितवन लगिएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय चितवनमा बुधबार रविको बयान चल्दै गर्दा रास्वपा कार्यकर्ताले प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा राजमार्ग समेत अवरुद्ध भएको थियो । प्रदर्शनका क्रममा प्रहरी र रास्वपा कार्यकर्ताबीच झडप हुँदा दुवैतर्फ केही जना घाइते भएका थिए ।

रविलाई रातारात पोखरा लैजानु मानव अधिकारविरुद्ध रहेको र बुधबार भएको झडपमा प्रहरीले दमन गरेको भन्दै रास्वपाले खबरदारी सभा आयोनजना गरेको हो ।

रविक गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । उनी प्रबन्धन निर्देशक रहेका बेला गोर्खा मिडिया नेटवर्कमा देशका विभिन्न जिल्लामा रहेका सहकारीबाट गैरकानूनी रूपमा रकम ल्याएर अपचलन गरेको आरोप लागेको छ । रविविरुद्ध पर्सामा समेत पक्राउ पुर्जी जारी भइसकेको छ ।


सम्बन्धित समाचार