
२३ मंसिर,काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आइतबार नेपाल भ्रमणमा आएका छन् ।
तीनदिने नेपाल भ्रमणका क्रममा सहायक विदेशमन्त्री लू आइतबार काठमाडौं आइपुगेका हुन् । दक्षिण एवम् मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री लु भारत, श्रीलंका र नेपाल भ्रमण गर्ने क्रममा काठमाडौं आएका हुन् ।
काठमाडौंमा रहँदा उनले बिभिन्न राजनीतिक दलका नेता,नागरिक समाजसँग कुराकानी गर्ने कार्यक्रम रहेको नेपालस्थित अमेरिकी राजदूतवासले जनाएको छ । लु को भ्रमणले पर्यावरण संरक्षण, महिला सशक्तीकरण, संस्कृति संवर्द्धन र दिगो विकासका श्रेत्रमा नेपाल र अमेरिकी सहकार्यलाई अझ सुदृढ बनाउन भूमिका खेल्ने दूतावासले जनाएको छ ।