
१७ पुष,काठमाडौं । नेकपा एमालेबाट निष्कासित भएका नेता डा. भीम रावलले आफूले उठाएको विषयमा चित्तबुझ्दो जवाफ नदिए मिसन ०८४ मा जनताले देखाइदिने चेतावनी दिएका छन् ।
आगामी यात्राबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओली पार्टीलाई सत्ता स्वार्थमा मात्रै निहित बनाएको दाबी गरे। ओलीले नै देशकै राजनीतिलाई अवसरवाद र गन्तव्यहीन बनाएको पनि आरोप लगाए ।
आफूलाई स्पष्टिकरण सोध्नु निधेषको राजनीति भएको बताउँदै आफूले कुनै समानान्तर गतिविधि नगरेको जिकिर गरे । उनले पार्टीका नेता कार्यकर्तालाई छलफल गर्नुलाई समानान्तर गतिविधि हुन्छ ? भन्दै प्रश्न गरे ।