![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2025/01/WhatsApp-Image-2025-01-01-at-2.38.25-PM-scaled.jpeg?fit=2560%2C1441&ssl=1)
१७ पुष,वीरगञ्ज । मधेस प्रदेश सरकारको भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले कृषि औजार कारखानको अवलोलक निरीक्षण गरेका छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ मा रहेको कृषि औजार कारखानाको मन्त्री क्षेत्रीले आज बिहान निरीक्षण गरेको हो ।
राष्ट्रिय आविष्कार केन्द्रले सञ्चालन गरिरहेको कृषि औजार कारखानाको निरीक्षण गर्दै उहाँले नेपालमा प्रयोगका लागि उपयोगी हुने कृषि औजार तथा मेशिनहरुको विषयमा जानकारी लिएका थियो । मन्त्री क्षेत्रीले खासगरी मधेसका किसानहरुलाई आवश्यक कृषि औजारहरुको बारेमा आविष्कार केन्द्रले उत्पादन गर्ने कृषि औजारहरुको जानकारी लिँदै प्रदेश सरकारबाट सहुलियतमा बनाउन सकिने औजार मेशिनहरुको लागि पहल कदमी लिने बताए ।
मन्त्री क्षेत्रीले गाँजाको बोटबाट उत्पादन हुने वस्तुहरुको औजार सम्बन्धमा मुख्य चासो लिएका थियो । गाँजाको बोटबाट उत्पादन गरिएका सामग्रीहरु तेश्रो मुलुकमा समेत निर्यात भईरहेको र खेती नहुने बगर जग्गामा समेत उत्पादन गरेर त्यसलाई प्रयोग गर्न सकिने भएकोले गाँजाको बोटबाट उत्पादन हुने वस्तु बनाउने मेशिन औजारहरु कृषि औजार कारखानाले उत्पादन गर्दा उपयोगी हुने बताए ।
मन्त्री क्षेत्रीले कृषिको व्यावसायीकरणको लागि यान्त्रीकरण नगरेसम्म कृषिको वास्तविक औद्योगिकीकरण हुन नसक्ने भन्दै मन्त्री क्षेत्रीले मधेस प्रदेश सरकार यसतर्फ लाग्नका लागि कृषि औजार काराखनाको अवलोकन निरीक्षण गरेको बताए ।
कृषि औजार कारखानाका प्रमुख इञ्जिनियर रितेश देवले कारखानाबाट अहिले विभिन्न मेशिनहरु उत्पादन गरेर परीक्षण भईरहेको जानकारी गराउँदै आगामी दिनमा गुणस्तरीय औजार उत्पादन गरी गुणस्तरीय सेवा सहित नागरिकहरुसँगको सम्बन्धलाई स्थापित गर्ने गरी काम अगाडि बढाईएको बताए ।