
१५ चैत,काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा कफ्र्यू लगाइएको छ। राजावादी प्रदर्शनकारी अराजक बनेपछि काठमाडौं प्रशासनले कफ्र्यू आदेश जारी गरेको छ।
राजावादी उग्र भएर व्यक्तिको घर तोडफोड तथा आगजनीमा उत्रिएपछि थप अप्रिय घटना हुन नदिन कफ्र्यू लगाइएको काठमाडौंका सहायक प्रजिअ अशोककुमार भण्डारीले जानकारी दिए ।
उनका अनुसार शान्तिनगर पुलदेखि जुडिबुटी, मनोहरा पुल, सिनामंगल–गौशलासम्म कफ्र्यू आदेश जारी गरिएको छ।