
८ वैशाख,वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२ पाण्डेपुरमा भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । सोमबार बिहान ग५प ८३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा जिराभवानी गाउँपालिका–२ का ३० वर्षीय बिहारी रामको ज्यान गएको हो।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका रामलाई उपचारका लागि एलएस न्यूरो अस्पताल बारा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक पनि घाइते भएका छन् र उनको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले यस घटनाको थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।