
१५ वैशाख,वीरगञ्ज । बाराको जीतपुसिमरा उपमहानगरपालिका–२२ स्थित ३ नम्बर पुल नजिकै आज यात्रुवाहक बस रोकिराखेको ट्रकसँग ठोक्किएर दुर्घटना भएको छ।
काँकरभिट्टाबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १६५५ नम्बरको बस बिग्रिएर सडक छेउमा रोकिराखेको प्रदेश २–०३–००१ ख ५१८७ नम्बरको कोइला लोड भएको लहरी ट्रकको पछाडिबाट ठोक्किएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।
दुर्घटनामा बसमा सवार १९ जना यात्रु घाइते भएका छन्। इलाका प्रहरी कार्यालय सिमराका अनुसार घाइतेहरूको अवस्था सामान्य छ। प्रहरीले जनाए अनुसार, घाइतेमध्ये ९ जनाको सहकारी अस्पताल हेटौँडामा र १० जनाको वयोधा अस्पताल वीरगन्जमा उपचार भइरहेको छ।
ठक्करपछि बस अनियन्त्रित भई सडकबाट करिब ५ मिटर तल खसेको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितका अनुसार दुर्घटनाग्रस्त बस र बस चालक चितवन राप्ती नगरपालिका ३ का तिलक बहादुर थापा मगरलाई इलाका प्रहरी कार्यालय अम्लेखगञ्जको नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।