
३० बैशाख, काठमाडौं । शेयर बजारमा लगातार गिरावट आएको छ ।
तीन दिनदेखि गिरावट आएको सेयर बजार आज पनि दोहोरो अङ्कले घटेको हो । आज बजार परिसूचक १४ दशमलव १२ अङ्क घटेको छ । यो सँगै २६३४ दशमलव ८६ अङ्कमा कायम भएको छ । आज बजारमा ९ अर्ब ६३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बजारमा आज ७७ कम्पनीको मूल्य बढ्दा १६८ वटा कम्पनीको मूल्य घटेको छ भने एउटा कम्पनीको मूल्य स्थिर रहेको छ ।
क्षेत्रगत रूपमा जीवन बीमा, विकास बैङ्क र उत्पादन तथा प्रशोधनमूलक कम्पनीको सूचक बढ्दा अन्य सूचक घट्का छन् । सबैभन्दा बढी होटल र ट्रेडिङ क्षेत्रको परिसूचक २ प्रतिशत भन्दा धेरैले घटेको छ ।