
५ जेठ, काठमाडौं । एसियाली मुलुकमा फेरी कोरोना भाइरस फैलिन थालेको छ ।
कोभिड–१९ (कोरोना भाइरस)को सङ्क्रमण फेरि देखा पर्न थालेको हो । हङकङमा एक सातामै ३० प्रतिशत सङ्क्रमण बढेको छ । चीन र थाइल्याण्डमा पनि कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
हङकङमा एक साता अघि एक हजार ४२ जनामा कोभिड–१९ सङ्क्रमण पाइएको थियो । त्यसको अघिल्लो साता यो सङ्ख्या ९७२ थियो । मार्च यता हङकङमा कोभिड–१९ को सङ्क्रमण लगातार बढ्दै गएको हो ।
सिंगापुरमा पनि २७ अप्रिलको अघिल्लो साता ११ हजार १०० जना सङ्क्रमित थिए । तर, यो सङ्या बढेर १४ हजार २०० पुगेको छ । एक सातामै सङ्क्रमण ३० प्रतिशतले बढेको थियो । अस्ट्रेलियामा समेत कोभिड–१९ सङ्क्रमण देखिएको छ ।