
२० जेठ,सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–१७ कटानीमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ।
कटानीबाट कडरिया टोलतर्फ जाँदै गरेको ना ४६ प २८२० नम्बरको मोटरसाइकल बिहान पुलबाट खस्दा मलङ्गवा नगरपालिका–४ निवासी ३५ वर्षीय घनश्याम रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता सरोज राईले जानकारी दिए।
दुर्घटनामा गम्भीर घाइते भएका रायको टाउको, निधार र दुवै आँखामाथि गहिरो चोट लागेको थियो। उनलाई बरहथवामा प्राथमिक उपचारपश्चात् बारास्थित एलएस न्यूरो अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रवक्ता राईले बताए।