Logo

२५ जेठ, काठमाडौं । राष्ट्र बैंकले तरलता प्रशोचन गर्न आज २५ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट तान्ने भएको छ ।

आज नै बजारमा २४ अर्ब रुपैयाँ प्रवाह हुने भएपछि तरलतालाई थप व्यवस्थापन गर्न राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ तान्न लागेको हो । राष्ट्र बैंकले यही जेठ ४ गते बैंक तथा वित्तीय संस्थाहरुबाट २० अर्ब ६० करोड रुपैयाँ निक्षेप सकंलन गरेको थियो । सोही रकम आज बैंकले बजारमा फिर्ता दिएको हो । बजारमा तरलता फालाफालको अवस्था कायमै रहेको भन्दै बैंकले आज पुनः निक्षेप संकलन गर्न लागेको हो ।

आज बैंकले २१ दिने निक्षेप संकलन गर्दै छ । अनलाइनबाट बोलकबोलमार्फत बैंकले २५ अर्ब रुपैयाँ प्रशोचन गर्नेछ ।


सम्बन्धित समाचार