Logo

७ असार,चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको खहरे पुलनजिकै शनिबार बिहान भएको सवारी दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ भने अन्य १८ जना घाइते भएका छन्।

चितवनका प्रहरी प्रमुख गोविन्द पुरीका अनुसार, धनगढीबाट काँकडभिट्टा जाँदै गरेको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढतर्फ आइरहेको विद्युतीय सवारी साधन एकापसमा ठोक्किँदा यो भयानक दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएकाहरूको चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार