Logo

७ असार,चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–४ डडुवा भन्ने स्थानमा शनिबार दिउँसो भएको बस र इलेक्ट्रिक माइक्रो (ईभी) बीचको दुर्घटनामा परी ज्यान गुमाउने ७ जना र घाइते भएका २४ जना सबैको पहिचान खुलेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरी ले दिएको जानकारी अनुसार, दुर्घटनामा पाँच जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको थियो। मृतकहरूको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ।

धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरको ईभी गाडी एकआपसमा ठोक्किँदा यो भयानक दुर्घटना भएको हो।

घाइतेहरूको भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारणः
प्रारम्भिक अनुसन्धानमा तीव्र गति र सम्भावित ब्रेक फेलका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको चितवन प्रहरी प्रमुख पुरीले बताएका छन्। दुर्घटनापछि केही समय सडक अवरुद्ध भए पनि अहिले आवागमन सञ्चालनमा आएको छ।

मृतकहरूको विवरणः
१) सोमप्रसाद रुपाखेती, ५५ वर्ष, मकवानपुर, हटिया–३

२) मैयाँ कुमारी न्यौपाने पहाडी, ५३ वर्ष, मकवानपुर, हेटौंडा–५

३) हाल नामथर वतन नखुलेको अन्दाजी १८/१९ वर्षीया महिला।

४) हाल नामथर वतन नखुलेकी अन्दाजी २४/२५ वर्षीया महिला।

५) हाल नामथर वतन नखुलेको अन्दाजी २२/२३ वर्षीया पुरुष।

६) नामथर वतन नखुलेकी अन्दाजी ३०/३५ वर्षीया गर्भवती महिला।

७)नामथर वतन नखुलेका अन्दाजी ३५/४० वर्षीया पुरुष।

घाइतेहरूको विवरणः

१) मकवानपुर हेटौंडा उ.म.न.पा.१३ बस्ने १६ वर्षीय सक्षम थापा ।

२) मकवानपुर हेटौंडा उ.म.न.पा.१२ का वर्षीय ३२ को सिंहबिर घलान ।

३) मकवानपुर हेटौंडा उ.म.न.पा.४ का ३१ वर्षीय विष्णु लम्साल ।

४) मकवानपुर हेटौंडा उ.म.न.पा.८ का ३४ वर्षीया गंगा घलान ।

५) झापा गौरादह नगरपालिका ९ बस्ने अन्दाजी ६५ वर्षीया सुशिला बराल ।

६) झापा गौरादह नगरपालिका ९ बस्ने अन्दाजी ६७ वर्षीया उमा बराल ।

७) कञ्चनपुर बेलौरी नगरपालिका ४ बस्ने ४८ वर्षीय वीरबहादुर जैसी ।

८) रुकुम पश्चिम आठबिसकोट नगरपालिका ९ बस्ने अन्दाजी ३० वर्षीय सन्देश ओली ।

९) अछाम साफेबगर नगरपालिका १० बस्ने ३२ वर्षीय अर्जुनबहादुर राउत ।

१०) कैलाली लम्कि चुवा नगरपालिका ८ बस्ने ४५ वर्षीय जम बुढा ।

११) कञ्चनपुर पूर्णवास नगरपालिका ६ बस्ने ७० वर्षीया चन्द्रकुमारी थापा ।

१२) झापा गौरदह नगरपालिका ६ बस्ने ७० वर्षीया टिका न्यौपाने ।

१३) कञ्चनपुर पूर्णवास नगरपालिका ६ बस्ने ६९ वर्षीय जम बा थापा ।

१४) कैलाली गोरीगगा नगरपालिका ११ बस्ने ३२ वर्षीया सुरेश बोगटी ।

१५) कैलाली लम्कीचुवा नगरपालिका १ बस्ने ३७ वर्षीय लोकेन्द्र बुढा ।

१६) कैलाली लम्कीचुवा नगरपालिका १ बस्ने ४८ वर्षीय बल सिंह बुढा ।

१७) रौतहट चपुर नगरपालिका ७ बस्ने ४५ वर्षीय वुलटन साह ।

१८ ) मकवानपुर बकैया गाउँपालिका ४ बस्ने २६ वर्षीय अनिसा घिमिरे

१९) कालिकोट पलाता गाउँपालिका ४ बस्ने ५३ वर्षीय रत्न बुढा ।

२० ) झापा दमक नगरपालिका ८ बस्ने ८३ वर्षीया लक्ष्मी पौडेल ।

२१) झापा मेचि ना पा १५ बस्ने २३ वर्षीय प्रवेश सौरेन ।

२२) सप्तरी राजविराज नगरपालिका ५ बस्ने ५६ वर्षीय श्रीचन्द्र राय ।

२३) कैलाली गोदावरी नागरपालिका ४ बस्ने ३४ वर्षीय महेश चौधरी ।

२४) मोरङ बेलबारी नगरपालिका ७ बस्ने २७ वर्षीय सुमन चौधरी ।

यो पनि पढ्नुहोस :-

चितवनमा बस र विद्युतीय माइक्रो ठोकिँदा ७ जनाको मृत्यु, १८ घाइते

चितवन दुर्घटना अपडेट स् मृतक ७ जनामध्ये अधिकांश इभी गाडीका यात्रु ,२ को पहिचान खुल्यो


सम्बन्धित समाचार