Logo

१८ असार, काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति एमसिए-नेपाललाई अमेरिकी सरकारले निरन्तरता दिने निर्णय गरेसँगै यसको भविष्य सुनिश्चित भएको छ।

अमेरिकी वैदेशिक सहयोगमा लगाइएको स्थगनका बाबजुद मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीए नेपाल कम्प्याक्टको कार्यान्वयनलाई निरन्तरता दिने अनुमति प्राप्त भएको हो। एमसीए नेपालले बुधबार विज्ञप्ति जारी गर्दै अमेरिकी सरकारको यस निर्णयको स्वागत गरेको छ।

आयोजना कार्यान्वयनमा तीव्रता

नेपालले २९७ किलोमिटर विद्युत् प्रसारण लाइन निर्माण र सडक मर्मत लगायतका महत्त्वपूर्ण कार्यहरूको खरिद प्रक्रिया सम्पन्न गर्दै कम्प्याक्ट क्रियाकलापहरूलाई तीव्र रूपमा अगाडि बढाउने जनाएको छ। यसअघि नै सुरु भइसकेका तीन वटा सबस्टेशन र १८ किलोमिटर सीमापार प्रसारण लाइन निर्माणसम्बन्धी कार्यहरूले पनि निरन्तरता पाउनेछन्।


सम्बन्धित समाचार