
२० असार,सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा आगोले जलेर एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा जिराभवानी गाउँपालिका वडा नम्बर २, सेढवा निवासी ४४ वर्षीय कपिल चौधरी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता किशोर लम्सालले दिएको जानकारीअनुसार, चौधरीले बिहीबार राति करिब १०ः३० बजे मादक पदार्थ सेवन गरी आफ्नै घरमा विवाद गरेका थिए। विवाद चर्किएपछि उनले आफ्नै शरीरमा डिजल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ।
आगोले गम्भीर घाइते भएका चौधरीलाई तत्काल उपचारका लागि वीरगञ्जको नारायणी अस्पतालमा भर्ना गरिएको थियो। तर, नारायणी अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको थियो। काठमाडौंमा उपचारकै क्रममा चौधरीको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
प्रहरीले यस घटनाबारे थप अनुसन्धान गरिरहेको बताएको छ।