Logo

फाइल तस्वीर

२३ साउन, काठमाडौं । काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक ब्राजिलियन महिलालाई करिब २ किलो कोकिनसहित पक्राउ गरिएको छ।

ब्राजिलबाट दोहा हुँदै नेपाल आएकी २१ वर्षीया इमिली मिकाइले स्यान्टोस फरेरालाई लागुऔषध नियन्त्रण ब्युरोले नियन्त्रणमा लिएको हो । शंकास्पद गतिविधिको आधारमा गरिएको निगरानीपछि फरेरालाई पक्राउ गरिएको थियो। उनले आफ्नो ब्राभित्र १ किलो ९५० ग्राम कोकिन लुकाएर ल्याएको पाइएको छ। पक्राउ पर्दा उनी नेपालबाट भुटान जाने तयारीमा थिइन् । उनलाई लागुऔषध ९नियन्त्रण० ऐन २०३३ बमोजिम लागुऔषध मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार