Logo

प्रतिकात्मक चित्र

 ६ कात्तिक,काठमाडौं । काठमाडौँको तार्केश्वर नगरपालिका–३, चिसापानी सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका २६ वर्षीय अमित पुतुवारको उपचारको क्रममा मृत्यु भएको छ।

प्रहरी उपरीक्षक नरेशराज सुवदीका अनुसार, बिहान करिब ३ः४५ बजे तार्केश्वर–३ चिसापानीस्थित तीनपिप्लेबाट धर्मस्थलीतर्फ आउँदै गरेको बा.प्र.०२–०५३ प ९६७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका चालक पुतुवारलाई स्थानीय सिटी अस्पतालमा उपचारका लागि लगिएको थियो, जहाँ आज बिहान उनको मृत्यु भएको छ।

सोही मोटरसाइकलमा सवार २० वर्षीय समिर पुतुवारलाई हात, खुट्टा, टाउको र छातिमा चोट लागेको छ। उनको अवस्था गम्भीर भएकाले चिकित्सकको सल्लाहमा थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ।

प्रहरीले दुर्घटनाको थप छानबिन गरिरहेको छ।


सम्बन्धित समाचार