Logo

९ कात्तिक,वीरगञ्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–३ राम जानकी मन्दिर नजिकै प्रहरीले अवैध सालको काठ बरामद गरेको छ।शनिबार अन्दाजी राति १ बजे प्रहरी गस्ती टोलीले राम जानकी मन्दिर नजिक भठौराबाट देवकुलीतर्फ ल्याउँदै गरिएको सालको काठ फेला पारेको हो।

करिब ७ फिट लम्बाइ र १.५ फिट गोलाइ भएको सालको गोलिया (१ थान) साईकलमा लोड गरी ल्याउँदै गरेको अवस्थामा प्रहरी टोलीलाई देखेपछि सम्बन्धित व्यक्ति साईकल र काठ फालेर फरार भएको पर्सा प्रहरीले जर्नाको छ ।

प्रहरीले उक्त सालको काठ र साईकल बरामद गरी आवश्यक कानुनी कारवाहीका लागि सम्बन्धित कार्यालयमा ल्याएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार