Logo

९ कात्र्तिक, काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको वर्तमान राजनीतिक अवस्था र जेनजी आन्दोलनले उठाएका महत्त्वपूर्ण मुद्दाहरूलाई सम्हाल्ने दायित्व अब माओवादी केन्द्रको काँधमा आएको बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्र गोरखाले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले जनताले आगामी चुनावबाट देशको नेतृत्व माओवादीले नै गर्नुपर्छ भन्ने विश्वास व्यक्त गरिरहेको जिकिर गर्नुभयो । प्रचण्डले भन्नुभयो, “हाम्रो पार्टीले अहिले जिल्ला–जिल्ला र गाउँसम्म कार्यक्रम गरिरहेको छ । आम जनताले अबको चुनावबाट देश सम्हाल्न माओवादी नै आउनुपर्छ भनेर विश्वास व्यक्त गरिरहेका छन् ।”

चुनावको तयारीमा जुट्न आह्वान

चुनावको सन्दर्भमा बोल्दै प्रचण्डले सबै राजनीतिक दललाई निर्वाचन तयारीमा जुट्न आह्वान गर्नुभयो । उहाँले चुनाव सफल पार्नु नै पहिलो कार्यभार भएको भन्दै सरकारलाई निष्पक्ष निर्वाचनको वातावरण बनाउन आग्रह गर्नुभयो । “अब चुनाव घोषणा भइसकेको अवस्थामा चुनाव सफल पार्नु नै हाम्रो पहिलो कार्यभार हो । चुनाव हुन्छ कि हुँदैन भन्ने होइन, अब चुनावमा लाग्नुबाहेक कुनै विकल्प छैन,” उहाँले स्पष्ट पार्नुभयो ।

पार्टी एकतामा जोड

पार्टीभित्र एकताको आवश्यकता रहेको बताउँदै प्रचण्डले केन्द्रीय समितिले एकता विरोधी र नेतृत्व विरोधी प्रवृत्तिको सफलतापूर्वक सामना गरेको दाबी गर्नुभयो । उहाँले विचार मिल्ने दलहरूसँग एकता गरिने र तत्काल सम्भव नभए संयुक्त मोर्चा बनाएर अगाडि बढ्ने नीति रहेको पनि खुलासा गर्नुभयो ।


सम्बन्धित समाचार