१० कात्तिक,वीरगञ्ज । पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) तोयनारायण सुबेदीको सरुवा गरिएको छ।
गृह मन्त्रालयले आइतबार ३६ जना प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गर्दै सुबेदीलाई अर्घाखाँची पठाएको हो। उनले पर्सामा आएर दुई महिनामात्रै पुगेका थिए।
सुबेदी यसअघि पाल्पामा कार्यरत रहेका थिए र गत भदौ ४ गते पर्सामा सरुवा भई कार्यभार सम्हालेका थिए। छोटो अवधिमै उनको फेरबदल भएपछि पर्सामा नयाँ प्रमुख जिल्ला अधिकारीको रूपमा भोला दाहाल आउने भएका छन्।
गृह मन्त्रालयका अनुसार दाहाल हाल दोलखामा प्रमुख जिल्ला अधिकारीको रूपमा कार्यरत छन्। अब उनी पर्सामा आएर जिम्मेवारी सम्हाल्नेछन्।
सरुवा सूचि अनुसार देशभरका विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीहरूको अदलीबदली गरिएको छ।
















