Logo

१२ कात्तिक,सोलुखुम्बु। सोलुखुम्बुको लोबुचेमा आज बिहान अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटनामा परेको छ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोजित कुँवरका अनुसार बिहान ७ः५० बजे सगरमाथा आधार शिविर नजिकै रहेको हेलिप्याडमा अवतरण गर्ने क्रममा हेलिकोप्टर हिउँमा चिप्लिएर दुर्घटनामा परेको हो।

दुर्घटनाग्रस्त हेलिकोप्टरमा पाइलट विवेक खड्का मात्र सवार थिए। उनी सकुशल रहेको र उद्धार गरेर कैलास एयरको हेलिकोप्टरमार्फत लुक्ला ल्याइएको प्रहरीले जानकारी दिएको छ।

पाइलट खड्का भक्तपुरका स्थानीय बासिन्दा हुन्। घटनाको थप विवरणका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार