१२ कात्र्तिक, काठमाडौं । काठमाडौँको वायु गुणस्तरमाथि गम्भीर प्रश्न उठेको छ ।
विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको संस्था आईक्यूएअरका अनुसार बुधबार बिहानसम्ममा काठमाडौँ विश्वकै चौथो प्रदूषित सहरको सूचीमा परेको छ । आईक्यूएअरले आज बिहान मापन गर्दा काठमाडौँको वायु प्रदूषण १६७ एक्यूआई मापन गरिएको छ, जसलाई अस्वस्थकर वायुको रूपमा लिइन्छ । काठमाडौँ प्रदूषणको हिसाबले विश्वका ठूला सहरहरूसँगै प्रतिस्पर्धामा देखिएको छ । पहिलो स्थानमा पाकिस्तानको लाहोर ४५८ एक्यूआई, दोस्रो स्थानमा भारतको राजधानी दिल्ली २२६ एक्यूआई र तेस्रो स्थानमा चीनको बेइजिङ २१५ एक्यूआई मापण गरिएको छ ।
विश्वका ठूला औद्योगिक सहरहरूको हाराहारीमा काठमाडौँको वायु प्रदूषणको स्तर पुग्नुले राजधानीको वातावरणीय र जनस्वास्थ्यको स्थितिमाथि तत्काल ध्यान दिनुपर्ने आवश्यकता औंल्याएको छ।
















