Logo

१२ कात्र्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई देशको सबैभन्दा अहंकारी प्रधानमन्त्री भएको गम्भीर आरोप लगाएका छन् ।

आज काठमाडौँमा सुरु भएको एकीकृत समाजवादीको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टी विभाजन गरी नयाँ पार्टी गठन गर्नुको औचित्य पुष्टि भएको दाबी गरेका छन्  । अध्यक्ष नेपालले आफ्नो सम्बोधनमा ओली प्रवृत्तिविरुद्धको संघर्षलाई अनिवार्य कदमको रूपमा व्याख्या गरे। एमाले विभाजनको औचित्यमाथि प्रश्न उठाउनेहरूलाई उनले ठाडो जवाफ दिएका छन्  ।

‘एमाले विद्रोहको कुनै औचित्य थिएन, नयाँ पार्टी खोल्ने कुराको कुनै अर्थ थिएन भन्नु भनेको केपी ओलीको सामु लम्पसार पर्ने र आत्मसमर्पण गर्ने कुरा बाहेक अरु केही होइन । त्यो हामीलाई स्वीकार्य थिएन ।’ उनले ओलीको शासन र पार्टी सञ्चालनको तरिकाबाट सबै नेता-कार्यकर्ता भुक्तभोगी भएको जिकिर गरे ।

ओली प्रवृत्तिको विकल्प

नेपालका अनुसार ओली प्रवृत्तिविरुद्ध जुध्नका लागि देशभरका कार्यकर्ता तयार भएकाले नै आफूहरू नयाँ पार्टी निर्माण गर्न बाध्य भएको अवस्था आएको हो। उनले एकीकृत समाजवादी गठनको निर्णय सही भएको कुरा पार्टीको महाधिवेशन र केन्द्रीय कमिटी बैठक दुवैबाट अनुमोदन भइसकेको र अहिलेको घटनाक्रमले यसलाई झन् प्रष्ट पारेको बताएका छन् ।


सम्बन्धित समाचार