Logo

१२ कात्र्तिक, काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले आज प्रहरी प्रधान कार्यालय, नक्सालमा आफ्नो राजीनामा बुझाएका छन् ।

सुदूरपश्चिम प्रदेश कार्यालयमा कार्यरत रहेका रानाभाटले पारिवारिक कारण देखाउँदै सेवाबाट अलग्गिने निर्णय लिएका हुन् । राजीनामा दिनुको कारणबारे एसएसपी रानाभाटले पारिवारिक कामले राजिनामा दिएको बताएका छन् । उनले भनेका छन् ‘ पारिवारिक कामले राजीनामा दिएको हुँ। अरू त्यस्तो कुनै कारण छैन।’

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार रानाभाटले आजै राजीनामा बुझाए पनि स्वीकृत हुन भने बाँकी रहेको छ । कानुनअनुसार, उनले बुझाएको राजीनामा प्रहरी महानिरीक्षक (आईजीपी) ले निर्णय गरेर गृह मन्त्रालयमा पठाएपछि मात्र स्वीकृत हुनेछ । रानाभाट विगतमा एसपीबाट एसएसपीमा बढुवा हुने क्रममा पहिलो नम्बरमा नाम हुँदा पनि छुटेका थिए ।


सम्बन्धित समाचार