Logo

१२ कात्र्तिक, काठमाडौं । गत भदौमा भएको ‘जेनजी’ आन्दोलनको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले आज कारण देखाऊ आदेश जारी गरेको छ ।

न्यायाधीश नृपध्वज निरौलाको इजलासले आयोगका अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो । अदालतले रिटको विषयमा छलफलका लागि विपक्षीहरूलाई छलफलमा झिकाउने आदेश पनि जारी गरेको छ ।

पूर्वाग्रहीपनको आरोप

अधिवक्ता ढकालले दायर गरेको रिट निवेदनमा आयोगका अध्यक्ष कार्की र सदस्य शर्मामाथि जाँचबुझको विषयवस्तुबारे सार्वजनिक धारणा र दृष्टिकोण सार्वजनिक गरेर पूर्वाग्रहीपन देखाएको आरोप लगाइएको छ । निवेदकले आयोगका पदाधिकारीहरूले न्यायिक मन प्रयोग गर्नुपर्नेमा घटनाका बारेमा पहिले नै धारणा सार्वजनिक गरिसकेकाले उनीहरूबाट पूर्वाग्रहीरहित रूपमा काम हुन नसक्ने जिकिर गरेका छन्। रिटमा अन्तरिम आदेशमार्फत पदाधिकारीहरूलाई काम गर्न रोक लगाउनुपर्ने माग गरिएको थियो ।


सम्बन्धित समाचार