Logo

१३ कात्र्तिक, काठमाडौँ। लामो समयदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नपाएर सास्ती भोगिरहेका सेवाग्राहीहरूलाई राहत दिने उद्देश्यले सरकारले महत्त्वपूर्ण कदम चालेको छ ।

अब सुरक्षण मुद्रण केन्द्रले सवारी चालक अनुमतिपत्र ९स्मार्ट कार्ड० को छपाइ गर्ने भएको छ । यस सम्बन्धमा बुधबार यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।

१२ लाख कार्ड छपाइ, ३ देखि ६ महिनाभित्र वितरण

विभागका निर्देशक नरहरि तिवारीका अनुसार, केन्द्रले तत्कालका लागि पुरानो ब्याकलॉगमा रहेको करिब २५ लाख लाइसेन्समध्ये १२ लाख लाइसेन्स छाप्ने सम्झौता भएको छ ।

केन्द्रले आगामी ३ देखि ६ महिनाभित्र यी १२ लाख लाइसेन्स छापेर वितरण गर्ने योजना बनाएको छ । केही प्राविधिक कुराहरू मिलाउन बाँकी रहे पनि छपाइको सम्भवतः एक हप्ताभित्रै सुरु हुने निर्देशक तिवारीले जानकारी दिए । विभागले तत्काल लाइसेन्स आवश्यक पर्ने सेवाग्राही र लामो समयदेखि प्रतीक्षा सूचीमा रहेका दुवैलाई प्राथमिकतामा राखेर वितरण गर्ने जनाएको छ ।

वैदेशिक रोजगारीमा जानेलगायत तत्काल लाइसेन्स चाहिने सेवाग्राहीका लागि केन्द्रले दैनिक ५०० लाइसेन्स छापेर तुरुन्त उपलब्ध गराउने सहमति भएको छ।


सम्बन्धित समाचार