१४ कात्र्तिक, काठमाण्डौ। भिजिट भिसामा विदेश यात्रा गर्न चाहने नेपालीहरूका लागि सरकारले ठूलो राहत दिएको छ।
लामो समयदेखि विवादित र झन्झटिलो मानिएको ६ बुँदे मापदण्डलाई गृह मन्त्रालयले खारेज गरेको छ। अध्यागमन विभागको प्रस्तावमा भएको यो परिवर्तनले अब विदेश यात्रालाई निकै सरल बनाउने भएको छ। अध्यागमन विभागको प्रस्तावमा भएको यो परिवर्तनले अब विदेश यात्रालाई निकै सरल बनाउने भएको छ। नयाँ मापदण्डमा विवादास्पद प्रावधानहरू हटाइएको छ ।
अब भिजिट भिसामा विदेश जाँदा कम्तीमा छ महिना अवधि भएको वैध राहदानी, भिसा गन्तव्य देशको वैध भिसा, दुईतर्फी हवाई टिकट र आफू स्वेच्छाले यात्रा गर्न लागेको स्वघोषणा पत्र मात्रै आवश्यक पर्नेछ । यसअघिका झन्झटहरू खारेजखारेज भएका ६ बुँदे मापदण्डमा विशेषगरी आर्थिक भार र प्रमाण जुटाउनुपर्ने प्रावधानहरू थिए । जसमा होटेल बुकिङको प्रमाण वा आफन्तकोमा बस्ने भए तीन पुस्ते विवरण खुल्ने कागजात, कम्तीमा पाँच सय डलर साथमा बोक्नुपर्ने प्रावधान थियो । यी मापदण्डले विदेश जानेहरूलाई असहज बनाएको र यसको आडमा हुने ठगी नियन्त्रण गर्न नसकेको भन्दै विरोध हुँदै आएको थियो।
















