Logo

१४ कात्र्तिक, काठमाडौं । नेपाली कांग्रेसभित्र पार्टीको आगामी १५ औं महाधिवेशनलाई लिएर संस्थापन (सभापति) र संस्थापन इतर समूहबीच टकराव चुलिएको छ ।

संस्थापन इतर समूहले आगामी निर्वाचनअघि नै, ढिलोमा पुस महिनाभित्र, महाधिवेशन सम्पन्न गर्नुपर्ने जोडदार निष्कर्ष निकालेको छ। नेता डा. शेखर कोइरालाको विशाल नगरस्थित सम्पर्क कार्यालयमा आज शुक्रबार बिहान बसेको इतर समूहको बैठकले पार्टीको १५ औं महाधिवेशन आगामी पुस १६ गते सम्पन्न गर्नुपर्ने निचोड निकालेको छ । इतर समूहले आगामी फागुन २१ गते निर्धारित निर्वाचनभन्दा अगाडि नै पार्टीलाई नयाँ नेतृत्व दिइसक्नुपर्ने अडान लिएको छ। ‘नियमित महाधिवेशन निर्वाचन अगाडि नै गर्नुपर्छ, ढिलोमा पुस मसान्तभित्र गरिसक्नुपर्छ भन्ने हाम्रो भनाइ हो,’ बैठकमा सहभागी एक नेताले बताए ।

कार्यतालिका बनाउने जिम्मा महामन्त्रीद्वयलाई

इतर समूहले पुस १६ गते महाधिवेशन सम्पन्न गर्ने गरी विस्तृत कार्यतालिका बनाउने जिम्मेवारी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई दिएको छ ।

उनीहरूलाई कार्यवाहक सभापतिसँग छलफल गरी सो कार्यतालिका आजकै ९शुक्रबार० बैठकमा पेस गर्न निर्देशन दिइएको छ । यसअघि, कांग्रेस संस्थापन समूहले भने फागुन २१ गतेको चुनावपछि मात्र महाधिवेशन गर्ने निष्कर्ष निकालेको थियो। दुई समूहको फरक–फरक अडानले गर्दा पार्टीभित्र महाधिवेशनको मुद्दालाई लिएर ठूलो टकराव उत्पन्न भएको छ । बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेलगायत शीर्ष नेताहरू सहभागी थिए ।


सम्बन्धित समाचार