Logo

१६ कार्तिक, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरूको सहभागीता रहने बैठक आह्वान गरेकी छिन्। बैठक आइतबार (आज) दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपशिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह सहभागी हुनेछन्।

प्रधानमन्त्री कार्कीले परिवर्तित राजनीतिक परिस्थिति तथा शासन व्यवस्थामा उत्पन्न चुनौतीका सन्दर्भमा संघ र प्रदेश सरकारबीच समन्वय, संवाद र सहकार्य सुदृढ बनाउनका लागि बैठक बोलाइएकी हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार संघीय संरचनामा देखिएका व्यवहारिक समस्याहरू, आगामी निर्वाचनका तयारी, सेवा प्रवाह तथा विकास–निर्माणका अवरोधजस्ता विषयमा संयुक्त रूपमा सहमति र समाधान खोज्ने उद्देश्य बैठकको छ।


सम्बन्धित समाचार