१६ कासत्र्तक, काठमाडौँ । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्रियता, धर्म संरक्षण र नागरिक बचाउ महाअभियान’ र नेपाली कांग्रेस (बीपी) बीच आन्दोलनमा सहकार्य गर्ने औपचारिक सहमति भएको छ ।
सुशीलमान शेरचनले नेतृत्व गरेको नेपाली कांग्रेस (बीपी) अब प्रसाईंको अभियानमा जोडिएको छ । आइतबार प्रसाईं निवास मध्यपुरथिमिमा दुई पक्षबीच ६ बुँदे सहमतिपत्र मा हस्ताक्षर तथा आदानप्रदान गरिएको हो । दुवै पक्ष नेपालको स्वाधीनता, राष्ट्रियता, धर्म, लोकतन्त्र र नागरिक अधिकारमाथि देखिएको आन्तरिक तथा बाह्य चुनौतीको प्रतिवाद गर्न मुलुकव्यापी जनजागरण अपरिहार्य रहेको निष्कर्षमा पुगेका छन् ।
मुख्य बुँदा र आन्दोलनको घोषणा
राष्ट्र, धर्म र नागरिकको रक्षा, साथै सुशासन तथा स्वतन्त्रताको पुनर्स्थापनाको लक्ष्यसहित गरिएको यो सहकार्यको महत्त्वपूर्ण पक्ष आगामी आन्दोलनमा कांग्रेस ९बीपी० को सक्रिय सहभागिता हो । आन्दोलनको मितिस् आगामी मङ्सिर ६ गतेदेखि सुरु हुने देशव्यापी आन्दोलन र जनजागरण अभियानमा कांग्रेस ९बीपी० का नेता, कार्यकर्ता र समर्थकहरू सक्रिय रूपमा सहभागी हुनेछन् । राष्ट्र, राष्ट्रियता, धर्म, नागरिक स्वतन्त्रता र लोकतान्त्रिक मूल्यको संरक्षणका लागि दुवै पक्षले साझा सहकार्य मा आधारित अभियान सञ्चालन गर्नेछन् ।
आन्दोलनका क्रममा नेपाली कांग्रेस (बीपी) लाई आफ्ना झन्डा, नाराहरू र संगठनात्मक पहिचान सहित अभियानमा सहभागी हुने पूर्ण स्वतन्त्रता दिइएको छ । आन्दोलनका कार्यक्रमहरूलाई प्रभावकारी बनाउन संयुक्त समन्वय समिति गठन गरिनेछ । बीपी कांग्रेसको टोलीको नेतृत्व तोकिएको जिम्मेवार व्यक्तिले गर्ने र महाअभियानसँग सह–समन्वय गर्ने सहमति भएको छ ।
दुवै पक्षले आन्दोलनलाई पूर्ण रूपमा अहिंसात्मक, संवैधानिक, सभ्य र अनुशासित ढङ्गले सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । विभाजनकारी वा हिंसात्मक कार्य नगर्नेमा सहमति बनेको छ । सहकार्य सम्झौता र आन्दोलनबारे दुवै पक्षले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्ने र पत्रकार सम्मेलनमार्फत जानकारी सार्वजनिक गर्नेछन् ।

















