Logo

१७ कात्र्तिक, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज कतार प्रस्थान गरेपछि उनको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने सबै कार्यहरू उपराष्ट्रपति रामसहाय प्रसाद यादव ले सम्हाल्ने भएका छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइराला ले संविधानको धारा ६७ को उपधारा २ बमोजिम राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपतिले कार्य सम्पादन गर्ने गरी तोकिएको जानकारी दिए । राष्ट्रपति पौडेल सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलेपमेन्ट नामक कार्यक्रममा सहभागी हुन आज बिहान कतारको राजधानी दोहा प्रस्थान गरेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेललाई उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की लगायतका उच्च पदस्थ व्यक्तिहरूले बिदाइ गरेका थिए।


सम्बन्धित समाचार