Logo

१८ कात्र्तिक, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक तोकिएको समयभन्दा एक घण्टा ढिलो गरी सुरु भएको छ ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठक पार्टी मुख्यालय सानेपामा ढिलो गरी सुरु भएको केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिएका छन् । यो बैठक महाधिवेशनको मिति लगायतका विषयमा तीव्र विवाद चलिरहेका बेला बसेको हो । पार्टीभित्र १५औँ महाधिवेशन कहिले गर्ने भन्ने विषयमा चर्को मतभेद कायम छ। महामन्त्री गगन थापाले आगामी मंसिर २७ देखि २९ गतेसम्म नियमित महाधिवेशन गर्ने कार्यतालिका तयार पारे पनि उनले यसलाई केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गर्न पाएका छैनन् । संस्थापन पक्ष भने आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने अडानमा छ।

यही विवादका कारण शुक्रबार र आइतबारका लागि तय भएका केन्द्रीय समिति बैठकहरू सूचना टाँसेर स्थगित गरिएका थिए ।
आज कार्यवाहक सभापति पूर्णबहादुर खड्काको प्रतिबद्धतापछि पार्टी कार्यालयको ताला खुलेको दिन नै बैठकमा महाधिवेशनको मिति निर्धारण गर्ने विषयमा गहन छलफल हुने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार