१९ कात्र्तिक, काठमाडौं । काठमाडौँमा आयोजित बृहत् एकता घोषणा सभाले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित विभिन्न कम्युनिस्ट दलहरूलाई एकीकृत गरी गठन गरिएको ‘नेपाली कम्युनिस्ट पार्टी’ को शीर्ष नेतृत्वको संरचना अनुमोदन गरेको छ ।
नेता वर्षमान पुनले दिएको जानकारीअनुसार, नयाँ एकीकृत पार्टीको संयोजक पदमा पुष्पकमल दाहाल प्रचण्डको नाम अनुमोदन भएको छ । त्यस्तै, सहसंयोजक पदमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम अनुमोदन गरिएको छ । एकता सभामा महिन्द्र राय यादवले नेतृत्वको यो प्रस्ताव निर्णयार्थ पेस गरेका थिए, जसलाई हलले होहल्लासहित ताली बजाएर सर्वसम्मतिले अनुमोदन गरेको हो ।
यसरी नेपालको कम्युनिस्ट आन्दोलनको यो नयाँ ध्रुवीकरणले प्रचण्ड र माधव नेपाललाई क्रमशः संयोजक र सहसंयोजकको जिम्मेवारी सुम्पेको छ।
















