Logo

२२ कात्तिक,वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा घोषणा गरेका छन्। उनले शुक्रबार प्रदेशसभाको बैठकमै आफूले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्।

मुख्यमन्त्री सोनलले आज विश्वासको मतका लागि प्रस्ताव दर्ता गरेका थिए, तर सत्तारुढ गठबन्धनभित्रकै केही सांसदहरू अनुपस्थित रहँदा बहुमत जुट्ने सम्भावना कमजोर भएपछि उनले सदनमै राजीनामा दिने घोषणा गरेका हुन्।

विश्वासको मत प्रक्रियाका क्रममा नेकपा (माओवादी केन्द्र) का दुई सांसदले विद्रोह गर्दै समर्थन नदिने घोषणा गरेपछि सोनल सरकार संकटमा परेको थियो। त्यसपछि परिस्थितिको मूल्यांकन गर्दै उनले पदबाट हट्ने निर्णय सार्वजनिक गरेका हुन्।

सोनलको राजीनामासँगै मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने राजनीतिक विश्लेषकहरूले बताएका छन्।


सम्बन्धित समाचार