२२ कात्तिक,वीरगञ्ज ।मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) ले आज आफ्नो पदबाट राजीनामा दिएका छन्।
मुख्यमन्त्री सोनारले शुक्रबार साँझ प्रदेश प्रमुखको कार्यालयमा पुगेर औपचारिक रूपमा लिखित राजीनामा बुझाएका हुन्। राजीनामा पत्रमा उनले लेखेका छन्, “म मुख्यमन्त्रीको पदबाट राजीनामा दिएको छु। पदमा रहँदा सहयोग गर्ने सबैलाई धन्यवाद दिन्छु।”
प्रदेश प्रमुखको कार्यालयका अनुसार सोनारको राजीनामा पत्र दर्ता भइसकेको छ र औपचारिक रूपमा उनको कार्यकाल समाप्त भएको छ।
सत्तारूढ गठबन्धनमा देखिएको आन्तरिक मतभेदका कारण उनले आज राजीनामा बुझाएको बुझिएको छ।
राजीनामापछि अब मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने तयारी भइरहेको बताइएको छ।
