Logo

२२ कात्तिक,वीरगञ्ज ।मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार ‘सोनल’ को राजीनामा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले स्वीकृत गरेकी छन्।

प्रदेश प्रमुखको कार्यालयका अनुसार नेपालको संविधानको धारा १६९ उपधारा (१) को खण्ड (क) बमोजिम सोनलले दिएको राजीनामा मिति २०८२ साल कात्तिक २२ गतेका दिन स्वीकृत गरिएको हो।

साथै, संविधानको धारा १६९ को उपधारा (३) बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई प्रदेश सरकारको कार्यभार सञ्चालन गर्न तोकिएको पनि प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

मुख्यमन्त्री सोनलले शुक्रबार साँझ सत्तारूढ गठबन्धनभित्रको मतभेदका कारण आफ्नो पदबाट राजीनामा दिएका थिए। राजीनामा स्वीकृतसँगै अब मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ।


सम्बन्धित समाचार